बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको भाउले राख्यो नयाँ किर्तिमान

बुधवार , मंसिर १७, २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको भाउले नयाँ किर्तिमान कायम गरेको छ । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

हिजो २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ किर्तिमान राखेको छ । आज चाँदीको भाउ ११० रुपैयाँले बढेर ३६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार