मंगलवार, आश्विन १३ गते २०८३

माधव नेपालको साथ छाडेका भिम रावलको नेपाललाई जवाफ : कसैले धकेल्दा धकेलिने, तर पछाडि नफर्किने 

आइतवार , भाद्र १३, २०७८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै कसैले धकेल्दा धकेलिने कस्ता नेता भनेर कटाक्ष गरेका छन्। साथै उनले अअगाडी चाही धकेलिने तर पछाडी नफर्किने चाँही नफर्किने बताएका छन्।

शनिबारको एक कार्यक्रममा नेता नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका थिए। माधव नेपाल खेमाबाट अलग भएर एमालेमै रहेका रावलले सामाजिक सन्जालमा लेख्दै लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार