आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री बन्ने कुलमानको ‘प्लान’ : बालेन र रविले साथ दिए सम्भव !

बुधवार , मंसिर १७, २०८२

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले एउटा ठुलै प्लान गरिरहेका छन् । नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भएका कुलमानलाई जेनजीहरुले मन्त्री बनाइदिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका अन्य मन्त्री गुमनाम जस्तै छन् ।

उनिहरुले के गरिरहेका छन्, कस्ता-कस्ता काम गरिरहेका छन् ? केही अत्तोपत्तो छैन । तर, कुलमान मन्त्री बनेदेखि सिंहदरबारमा बसेर होइन फिल्डमा खटिएर काम गरिरहेका छन्। जसले गर्दा कुलमानले जनताको मन जित्न सफल भएका छन् ।

अब मन्त्रीमा मात्र सिमित नभइ प्रधानमन्त्री बनेर देशलाई विकासको गतिमा अगाडि बढाउने कुलमानको प्लान हो । कुलमान आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । बुधबार उज्यालो पार्टी नेपालको घोषणासभालाई सम्बोधन गर्दै कुलमानले अब देशको नेतृत्व गर्ने आफ्नो चाहना रहेको बताए । तर, कुलमानलाई प्रधानमन्त्री बन्न त्यति सहज भने छैन ।

उज्यालो नेपाल पार्टी एक्लै चुनावमा गए बहुमत आउने देखिदैन । त्यसकारण कुलमानलाई रास्वपाका सभापति रवि लामीछाने र काठमाडौँका मेयर बालेन शाहको साथ अवाश्यक देखिन्छ । फागुन २१ गतेको निर्वाचनमा रास्वपा, उज्यालो नेपाल पार्टी र बालेन एक भएर गए भने नतिजा हात पर्न सक्छ । यसै सन्दर्भमा कुलमानले बालेनसँग छलफल गरेका छन् । बालेनले कुलमानलाई रास्वपासँग मिल्न सुझाव दिएका छन् ।

आफूले बाहिरबाट साथ दिने बालेनको आश्वासन छ । त्यस्तै यो विषयमा कुलमान र रविबीच पनि छलफल भइरहेको छ । जेलमा रहेका रवि पनि कुलमानसँग सहकार्य गर्न तयार छन् । तर, पार्टी एकता गर्नुअगाडि कुलमानले एउटा सर्त राखेका छन् । पार्टी सभापति रविलाई बनाउनु पर्ने र चुनाव पछिको प्रधानमन्त्री आफूलाई बनाउनु पर्ने कुलमानको सर्त हो । यदि रविले यसमा सहमति जनाए कुलमान प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार