काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।