आइतवार, श्रावण २४ गते २०८३

भण्डारीले ओलीलाई दिइन् ठुलै झट्का, पक्राउ गर्नुपर्ने माग !

बिहिवार , मंसिर १८, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि झट्का दिएकी छन् ।

एमालेको ११ औँ महाधिवेशनबाट ओलीलाई अध्यक्षबाट बाइपास गर्न ईँश्वर पोखरेललाई चुनावी मैदानमा उतारेर भण्डारीले ओलीलाई पहिलो झट्का दिएकी थिइन । फेरि भण्डारीले ओलीलाई दोस्रो झट्का पनि दिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ गतेको घटनाको जिम्मा तत्कालीन ओली सरकारले लिनुपर्ने बताएकी छन् ।  

एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले तत्कालीन सरकार प्रमुखको हैसियतले ओलीले त्यसको जिम्मा लिनुपर्ने दाबी गरेकी हुन् । 

‘तत्कालीन सरकारको समयमा भएको हुनाले तत्कालीन सरकारप्रति त्यो कुरा जानुलाई अन्यथा रूपमा लिनुहुँदैन। विद्यार्थीहरू जुलुसमा आए एक त सुरक्षा प्रबन्ध पनि अलिकति बेवास्वथा गरिएको हो कि जस्तो, कमजोर देखिन्छ। अर्को भनेको चाहिँ त्यसरी जुन, गोलाबारी भएर विद्यार्थीहरू भनौं त्यतिखेरको नवपुस्ताहरू एउटै घटनामा, एउटै समयमा २२ जना करिबको निधन हुनु भनेको चाहिँ त्यो अत्यन्त, दुःख हाम्रो नेपालको इतिहासको दुःखदायी घटना हो। त्यसको तत्कालीन सरकारलाई अपजस त आउँछ नै,  जिम्मेवारी पनि लिनुपर्छ,’ उनले भनिन् । 

ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ तर्फ भण्डारीको आशय देखिन्छ । किनकी भदौ २३ गतेको घटनाको जिम्मा तत्कालिन ओली सरकारले लिएपछि ओली पनि कानुनी दायरामा तानिन्छन् । त्यसैले भण्डारीले घुमाउरो तरिकाले ओलीलाई पक्राउ गर्नुपर्ने धारणा राखेकी हुन् । उता ओली पनि भण्डारीप्रति आक्रोशित छन् ।

एमालेको भावि अध्यक्ष बन्ने भण्डारीको धोको थियो । उक्त धोको पुरा गर्न भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएको केही समयपछि पार्टी सदस्यता नविकरणका लागि एमालेलाई पत्राचार गरिन् । तर, ओलीले भण्डारीको पार्टी सदस्यता नविकरण हुनबाट रोकिदिए । त्यसपछि ओलीप्रति भण्डारी निकै असन्तुष्ट छिन् ।

उनले ओलीलाई अध्यक्षमा पराजित गर्नको लागि ईँश्वर पोखरेललाई मैदानमा उतारेकी छन् । जसले गर्दा भण्डारी र ओलीबीचको टकराब झन झन बढ्दै गइरहेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार