आइतवार, श्रावण २४ गते २०८३

भारत आउनासाथ पुटिनले भने : युक्रेनी सेनाले डोनबास क्षेत्र छाड्नुपर्छ, नत्र बल प्रयोग गर्छौँ

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने बताएका छन्।

बिहीबार साँझ भारत आइपुगेपछि पुटिनले युक्रेनले डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता गरेन भने युद्ध अन्त्यको कुनै सम्भावना नरहेको चेतावनी दिएका हुन्।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग उनले भने, ‘कि युक्रेनी सेनाले क्षेत्र छाड्नेछन् कि त हामी बलपूर्वक ती क्षेत्र मुक्त गर्नेछौँ।’

रुसले डोनबासको लगभग ८५ प्रतिशत नियन्त्रण गरेको छ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त क्षेत्र छाड्न अस्वीकार गरिरहेका छन्।

रुसका राष्ट्रपति पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ दिल्ली आइपुगेका हुन्। उनीसँगै सात जना मन्त्रीको ठूलो प्रतिनिधिमण्डल पनि भारत आइपुगेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मोदी र पुटिनबीच आज  दुई महत्त्वपूर्ण भेटघाट हुने कार्यक्रम छ। दुई नेताबीचको द्विपक्षीय भेटघाटका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुनेछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार