आइतवार, कार्तिक ९ गते २०८३

सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव, श्रीलंका टापु क्षेत्रमा कटान

आइतवार , भाद्र १३, २०७८

काठमाडौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड बहाव पुगेको छ।

नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। कोशीको वहाव केही दिनुदेखी बद्दोक्रममा रहेको थियो ।

यसैबीच, निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुन: कटान भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार