गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये तीन महिला र तीन–चार जना पर्यटक रहेको बताए। अधिकारीहरूका अनुसार अधिकाशंको निसास्सिएर मृत्यु भएको छ ।
गोवाका डीजीपी आलोक कुमारका अनुसार आगो भुइँ तल्लाको भान्छाबाट क्लबको अन्य भागहरूमा फैलिएको थियो। धेरैजसो शव भान्सा क्षेत्रमा भेटिएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानमा नाइट क्लबले आगो सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। घटनास्थल सिल गरिएको छ भने फरेन्सिक टोलीले विस्तृत अनुसन्धान थालेको छ।
स्थानीय अधिकारीहरूका अनुसार उक्त क्लबका अधिकांश कर्मचारीहरू भएको अनुमान छ। द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको हो । आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको र लापरबाही गर्नेहरूलाई कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले बताएका छन्।