प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि कटअफ मूल्यमा १० प्रतिशत छुट लागू भएपछि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ। यसअघि बोलकबोल प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो।
न्यूनतम ५० कित्तामा आवेदन दिन ४१ हजार रुपैयाँ चाहिने छ । लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिएको छ ।