काठमाडौं । प्रहरीले ३ जना विदेशी नागरिकलाई झण्डै ३ किलो कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो ।
उनिहरुबाट बरामद भएको कोकिनको मुल्य भने ९ करोड बराबर रहेको व्युरोले जनाएको छ । ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् ।
उनलाई विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो भने कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरिएको थियो । उनी गामासँग कोकिन लिनका लागि आएको खुल्न आएको प्रहरीको भनाइ छ ।
यस्तै उक्त कारोबारमा संलग्न तान्जानियाका नागरिक गेरट्रड लियोनार्ड किमारोलाई पनि सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ३ नै जना उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।