काठमाडौँ । पूर्र्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो सयम निकै डराएका छन् । ओलीको हाउभाउबाटै प्रष्ट हुन्छ उनि प्रक्राउ पर्ने डरमा आत्तिएका हुन् ।
अन्तरिम सरकारले पनि उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । यसबारे स्वयम ओलीले नै खुलासा गरेका हुन् । ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताएका छन् ।
प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्व नै परिवर्तन गरेको ओली खुलासा गरेका हुन्। सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको ओलीको दाबी छ ।
‘प्रमाण तयार गर्नुस्, मैले थुप्रै ठाउँमा भनेको छु– प्रधानमन्त्रीजीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुख बोलाएर तीनपटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु र्पयो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो । त्यहाँका प्रमुखले यस्तो झुटो काम गर्न सक्दिन, गैरकानुनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अब कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती प्रमुखलाई त्यहाँबाट तुरुन्त हटाइयो’ ओलीले भने ।
ओली भने झैँ अन्तरिम सरकार पनि ओलीलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । भदौ २३ गते राज्यको पक्षबाट बल प्रयोग हुँदा तिन घण्टाको अन्तरालमा १९ जना युवाको ज्यान गएको थियो । त्यसैले उक्त घटनाको जिम्मेवारी ओलीले लिनुपर्ने चौतर्फी माग उठिरहेको छ । यस्तो अवस्थामा ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्ने सरकारको तयारी हो । सरकारले पक्राउ गर्ने तयारी गरेपछि ओली आत्तिएका छन् ।