आइतवार, श्रावण २४ गते २०८३

भोलि पूर्व-पश्चिमको भिडन्त : दीपेन्द्र र सन्दीपको अग्नि परिक्षा, कसले मार्ला बाजी ?

सोमवार , मंसिर २२, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भोलि पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच महाभिडन्त हुने भएको छ ।

विराटनर र सुदूरपश्चिमबीचको खेल अपरान्ह ४ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल निकै रोमाञ्चक हुनेछ । खेल हेर्न क्रिकेट प्रेमीहरु आतुर छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको सुदूरपश्चिम र अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरलाई उपाधिको दाबेदारीको रुपमा पनि हेरिएको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उत्कृष्ट प्रदर्शनमा छ । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार ६ खेल जितेको थियो। शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो। विराटनगरसँग उक्त हारको बदला लिर्दै फाइन पुग्ने दाउमा सुदूरपश्चिम छ ।

चर्चित खेलाडी क्रिस लिन र जोश ब्राउन अष्ट्रेलिया फर्किएपछि सूदुरपश्चिमलाई भोलीको खेलमा केही धक्का भने लागेको छ । तर, पनि सुदूरपश्चिमको टोलीमा जुनसुकै बेला खेल आफ्नो पोल्टामा ल्याउन सक्ने खेलाडी छन् । जसमा कप्तान दीपेन्द्र, विनोद भण्डारी, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हर्मित सिंह जस्ता खेलाडी रहेका छन् ।

यता सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले लिग चरणका पाँच खेल जितेको छ । लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुवात गरेको विराटनगर चौथो र छैटौँ खेलमा पराजित भएको थियो। तर, पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगर निकै बलियो देखिन्छ ।

सुदूरपश्चिमसँगको खेलमा विश्व किक्रेटका चर्चित व्याट्सम्यान फाफ डुप्लेसी चम्किएका थिए । पावर प्लेमा चौका र छक्का प्रहार गरेर टोलीलाई जिततर्फ धकेल्न फाफ निकै माहिर छन्। फापसँगै विराटनगरको टिममा मार्टिन गप्टिल, मर्चेन्ट,, बसिर अहमद, जर्ज मुन्सी, साम हिजलेट लगायतका खेलाडी छन्। यी खेलाडीहरुले प्रर्दशन पनि उच्च गरिरहेका छन् ।

भोलिको खेलमा उच्च प्रदर्शन गरिरहेका दुबै टोलीका कप्तानको अग्निपरिक्षा हुनेछ । जित हात पार्ने टोली फाइनमा पुग्नेछ भने हार व्यहोर्ने टोलीले फेरि फाइन पुग्न एक खेल खेल्न पाउनेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार