आइतवार, श्रावण २४ गते २०८३

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मंगलवार , मंसिर २३, २०८२

काठमाडौँ ।  जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको छ। सोमबार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।

भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको जापानको मौसम विज्ञान एजेन्सीले जानकारी दियो ।जापानको सरकारी समाचार च्यानल एनएचकेका अनुसार आओमोरीको हाचिनोहे सहरको एक होटलमा धेरै व्यक्ति घाइते भएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार