काठमाडौं। सवारी चालक अनुमतिपत्र लिनेहरूका लागि लिखित र ‘ट्रायल’ परिक्षा भदौ २० गतेबाट सञ्चालन हुने भएको छ। यातायात व्यवस्था कार्यालयले आइतबार सुचना प्रकाशन गरी लाइसेन्सका लागी आवेदन दिएकाहरुको लिखित र प्रयोगात्मक दुवै परीक्षा हुने जानकारी गराएको हो।
कार्यालयका अनुसार आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा दिनेहरू, लिखित परीक्षा दिएर प्रयोगात्मक (ट्रायल) बाँकी रहेका परीक्षार्थीले ट्रायल दिन पाउने छन्। यसैगरी, यसअघिको ट्रायलमा अनुत्तीर्ण भएका आवेदकहरू र वर्ग थपका लागि राजस्व बुझाइसकेकाहरूले पनि ट्रायल दिन पाउने कार्यालयको सूचनामा उल्लेख छ।
यातायात व्यवस्था विभागका अनुसार सवारी चालक अनुमतिपत्रका लागि निषेधाज्ञाअघि करिब ७ लाखले आवेदन दिएका छन्। कोरोना संक्रमणका कारण बैसाख १५ गतेदेखी परिक्षाहरु स्थगित गरिएको थियो। साथै परिक्षाहरु स्थगित भएपछि अनलाइन आवेदन पनि बन्द गरिएको थियो।