आइतवार, श्रावण २४ गते २०८३

अमेरिका भागेको चर्चा चुलिएपछि मुख खोले धुर्मुसले

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । गौतम बुद्ध क्रिकेट रंगशालाको विवाद थाँति राखेर कलाकार सिताराम कट्टेल धुर्मुस अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स(परिवार अमेरिका गएका हुन् ।

अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो बकपत्र लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा व्यहोरेको दुस्ख र अमेरिका आउनुको पृष्ठभूमि वर्णन गरेका छन् । छोरीको निस्शुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको भन्दै उनले उपचार सकेर नेपाल फर्किने बताएका छन् ।

आफू अमेरिकामा रहँदासम्म नेपालमा विचाराधीन मुद्दाका लागि धुर्मुस(सुन्तली फाउन्डेसनका उपाध्यक्षलाई अख्तियारी दिएको धुर्मुसको बकपत्रमा उल्लेख छ ।

यस्तो भनेका छन् उनले

म सिहंदरबार परिक्रमा गरिरहँदा छोरीको स्वास्थ्य क्रिटिकल बन्दै गयो । जन्मेको १६ दिनदेखी म्यानेन्जाईटिस जस्तो प्राणघातक रोगको शिकार भए संगै घुँडाको हड्डीमा समेत ईन्फेक्सन भएर दाहीने खुट्टाको घुँडाको कुर्कुरे हड्डी किटाणुले खाइदियो । उनको हाईट जति समय सम्म बढ्छ त्यती समय सम्म डक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने भन्ने डाक्टरको सल्लाहअनुसार पाटन हस्पिटलमा एक महिनाको बसाई सकेर १२ बर्ष अगाडी घर फर्केका थियौं । अब छोरी फाल्गुनमा १३ लाग्छिन् । अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ ।

उनी ४ बर्षको हुँदा उनको दाहिने खुट्टा बाङ्गो भएर नबढोस भनेर साईडबाट बढने हड्डी रोक्न दाहिने घुँडामा अप्रेशन गरेर भित्र स्टिल राखिएको थियो, जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ बर्ष ढिला भईसकेको थियो । अहिले उनलाई हिड्नमा धेरै समस्या भईसकेको, हिपको जोईन्टमा उठ्दा बस्दा दुख्न थालेको छ । यो हड्डी तन्काउने उपचार लामो अनि एकदम कष्टकर छ । बाबु–आमाको लागि सन्तानभन्दा ठूलो के हुन्छ ? आफ्नो छोरीले अरुका छोराछोरीजस्तो कुद्न र खेल्न नसक्दा बाबुआमाको मन कति बिचलित होला ? त्यसैले सबै कुरा थाँती राखेर केही समय छोरीको उपचारका लागि हामी अमेरिकामा आएका छौं ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार