आइतवार, श्रावण २४ गते २०८३

वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधन

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ।

अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो। गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलगायतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’, ‘अब हिमाल बोल्छ’, ‘जनताको साहित्य’ लगायत कृति लोकप्रिय छन्। वि.सं १९९३ मा जुम्लामा  जन्मिएका  भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए। भट्टका श्रीमती र दुई छोरा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार