काठमाडौँ । नेपाली क्रिकेट प्रेमीहरुलाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी जित्छ भनेर विश्वास नै लागेको थिएन । तर, दोस्रो संस्करणको एनपीएलको ट्रफी जित्दै लुम्बिनीले इतिहास रचेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै एनपीएलको उपाधि हात पारेको हो ।
लुम्बिनीले उपाधि हात पारेपछि क्रिकेट प्रेमीहरु नै चकित परेका छन् । लुम्बिनीलाई प्लेअफमा नपुग्ने आँकलन गरिएको थियो । एनपीएलको लिग चरण अन्तर्गत पहिलो खेल जितेको लुम्बिनीले लगातार तिन खेलमा पराजित भयो । त्यसपछिका तिन खेल लगातार जित्दै लुम्बिनी प्लेअफमा पुग्यो ।
त्यसपछि लुम्बिनी विराटनर किंग्स र काठमाडौँ गुर्खाजलाई हराउँदै फाइनलमा पुग्यो । र, फाइनलमा उपाधिको दाबेदार मानिएको सुदूरपश्चिममाथि शानदार जित निकाल्दै लुम्बिनीले उपाधि हात पारेको हो ।
सुदूरपश्चिले हार्नुका कारण
एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी भन्दा सुदूरपश्चिम निकै बलियो देखिएको थियो । लिग चरणका सात खेल मध्ये छ खेलमा जित हात पारेको सुदूरपश्चिम अन्तिम खेलमा भने विराटन नगरसँग पराजित भएको थियो । तर, पहिलो क्वालिफायरको खेलमा विराटनगरसँग उक्त हारका बदला लिदै सुदूरपश्चिम फाइनलमा पुग्यो ।
तर, आज सुदूरपश्चिको लजास्पद हार भएको छ । सुदूरपश्चिम हार्नुका केही मुख्य कारण पनि छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्र ऐरीले टस जितेर पनि पहिला ब्याटिङ रोज्नु नै गलत डिसिजन भएको देखिन्छ । विश्व क्रिकेटमा पनि फाइनल खेलमा अधिकांश टोलीका कप्तानले टस जितेपछि ब्याटिङ नरोजी फिल्डिङ रोज्छन् । किनकी पहिला ब्याटिङमा उत्रिएको टोलीले कतिको टार्गेट दिन्छ । त्यो लक्ष्य अनुसार प्रतिओभरमा कति रन हान्ने ? यसबारे माइन्ड सेट गरेर उक्त स्कोर सहजै चेस गर्न सकिन्छ ।
फाइनलमा टस जित्नुलाई सौभाग्यको रुपमा पनि लिइन्छ । तर, सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिला ब्याटिङ रोजे । दीपेन्द्रको यो डिसिजनै भारि परेको देखिन्छ । अर्कोकुरा टियु मैदानमा साँझको ६ बजेपछि शीत पर्दा माटो अलि भिजेको जस्तो हुन्छ । त्यसैले दोस्रो इनिङमा बलरलाई निकै गारो हुन्छ । बल चाहेअनुसार घुम्न सक्दैन अर्थात स्वीङ हुन सक्दैन । जसका कारण बलरलाई विकेट लिन सकस पर्छ ।
उता ब्याटिङतर्फ भने निकै सहज भएको हुन्छ । किनकी ब्याटमा बल कनेक्ट भइरहेको हुन्छ । यी कुराहरुलाई ख्याल नगरि दीपेन्द्रले पहिला ब्याटिङ रोज्नु नै भारि परेको देखिन्छ । अर्कोतर्फ सुदूरपश्चिमका ब्याट्सम्यानले सम्हालिएर खेल्न सकेनन् । त्यस्तै बलिङमा उत्रिएपछि पनि देपीन्द्रले गलत डिसिजन लिएको देखिन्छ ।
एकातर्फ जम्मा ८६ रनको टार्गेट छ । अर्कोतर्फ कप्तान दीपेन्द्र पहिलो ओभरमा नै आफै बलिङ गर्न आउनु नै गल्ति भएको हो । उनले आफ्ना मुख्य बलरहरुलाई पठाउनु पर्नेमा आफू आउदा पहिलो ओभरमा नै २७ रन खर्चे । जसले गर्दा लुम्बिनीका ब्याट्सम्यानको मनोबल बढ्यो । र, उनिहरुले चौका छक्का प्रहार गरेपछि नौ ओभरमा एनीएलको उपाधि हात पार्न सफल भए ।