तर बन्दसत्र सुरु गर्नुअघि केन्द्रीय कमिटी बैठक बस्नेबारे जानकारी आएको रिजालले बताए। एजेन्डाबारे भने जानकारी भइनसकेको उनको भनाइ छ।
महाधिवेशन उद्घाटनअघि शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकबाट अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गर्न चाहन्थे तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले अवरोध गरेपछि रोकिएको थियो।
आज त्यही विषयमा पुन: छलफलका लागि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्न लागेको अनुमान गरिएको छ।