आइतवार, कार्तिक ९ गते २०८३

एमालेलाई गम्भिर धक्का, ७१ जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। धादिङमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ। गल्छी गाउँपालिका वडा नं.८ गोगनपानीमा ७१ जना एमाले कार्यकर्ता तथा शुभचिन्तक एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

आईतवार माओवादी केन्द्र गल्छीको आयोजनामा भएको ८ नं. वडा कमिटीको भेलामा एमाले प्रतिगमनकारी भएको र एमालेलले देशमा केही गर्न नसकेको आरोप लगाउँदै माओवादी केन्द्र प्रवेश गरेका हुन्।

प्रवेश गर्नेहरुमा शिक्षक, बुद्धिजिवी, समाजसेवी र युवाहरु रहेको माओवादी केन्द्र गल्छीका इञ्चार्ज रामकृष्ण रिमालले बताए। नव प्रवेशीहरुलाई माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य दिपक लामिछाने सुबोधले अविर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।

ycl-2.jpg

साथै वडा भेलाबाट मुकुन्द सुवेदी अध्यक्ष र विमल तामाङ सचिव रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरेको माओवादी केन्द्र गल्छीका अध्यक्ष रामशरण सेन्चुरीले जानकारी दिए।

वडा भेला मार्फत विभिन्न जनबर्गिय संगठनहरु पनि गठन गरिएको छ । माओवादी केन्द्र धादिङका नेता दिपक लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवदी केन्द्र धादिङका जिल्ला सदस्य रामकृष्ण रिमाल, रामशरण सेन्चुरी तथा सरोज तामाङ लगायतको आतिथ्यता रहेको थियो।

ycl-3.jpg

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार