बिहिवार, आश्विन १५ गते २०८३

सुनको भाउले फेरि कायम गर्‍यो उच्च मूल्यको पुरानो रेकर्ड

आइतवार , मंसिर २८, २०८२

काठमाडौँ ।  दुई महिनाअघि उच्च भएर फेरि घटेको सुनको मूल्यले आज फेरि उच्च भाउको रेकर्ड बनाएको हो।

गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ५६ हजार ६ सय पुगेको थियो । सुनको भाउ आज फेरि उच्च भएको छ। प्रतितोला २२ सय रुपैयाँ बढेर सुनको मूल्य आज फेरि दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको असोज ३१ गते पनि सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने घटेको छ।  प्रतितोला ८० रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार आठसय २५ पुगेको छ।  गएको शुक्रबार चाँदीको भाउ तोलाको तीन हजार नौसय पाँच रुपैयाँ पुगेको थियो। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार