आइतवार, श्रावण २४ गते २०८३

सिड्नी गोलीकाण्ड : मृत्यु हुनेको संख्या १६ पुग्यो

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

आइतबार यहुदीहरूको हानुका पर्वको अवसरमा भएको कार्यक्रममा अन्धाधुन्ध गोली चल्दा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो।

गोलीकाण्डमा गम्भीर घाइते भएका थप ५ सर्वसाधरण र गोली चलाउने एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १६ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

बन्डी बिचमा झन्डै एक हजार मानिसहरूको भिडभाड रहेको बेला गोली चलेको थियो। उक्त घटनामा ४० जना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि रोयटर्सले जनाएको छ। तीमध्ये दुई जना प्रहरीको अवस्था गम्भीर छ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार