आइतवार, श्रावण २४ गते २०८३

गुन बिर्सिएपछि कुलमानसँग प्रचण्ड निकै आक्रोशित, यस्तो छ प्रचण्डले लगाएको गुन

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उर्जामन्त्री कुलमान घिसिङसँग निकै आक्रोशित भएका छन् । मन्त्री कुलमानले आफूले लगाएको गुन बिर्सिएको भन्दै प्रचण्ड आक्रोशित बनेका हुन् । 

कुलमानलाई जनताले ठेगान लगाउने समेत प्रचण्डको चेतावनी छ । भलै कुलमानले आफूले गरेको राम्रो कामले लोकप्रीयता कमाए होलान् तर, कुलमानलाई त्यो काम गर्ने ठाउँमा पुर्याउन प्रचण्डको भूमिका छ । 

पहिलो पटक कुलमान २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशक बने । त्यसबेला प्रचण्ड नेतृत्वको सरकार थियो । उर्जामन्त्री थिए-जनार्दन शर्मा । प्रचण्ड र शर्माकै पहलमा उनलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको हो ।

२०७७ भदौमा कार्यकाल पूरा गरी बिदा हुँदा कुलमानलाई पून प्राधिकरणको नेतृत्वमा ल्याउनु पर्ने भन्दै निकै आवाज उठ्यो । तर, ओली नेतृत्वको सरकारले कुलमानलाई पुनर्नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनायो ।

तर, ओली सरकार ढलेसँगै माओवादी लगायत दलको समर्थनमा २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि प्रचण्डको जोडबलमा देउवा नेतृत्वको सरकारले हितेन्द्रदेवलाई हटाउदै कुलमानलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्यायो। यसरी कुलमान दुई पटक विद्युत प्राधिरणको नेतृत्वमा पुग्नुमा प्रचण्डको भूमिका छ । पहिला कुलमानले प्रचण्डले आफूलाई गुन लगाएको भन्दै प्रशंसा गर्थे । तर, पछिल्लो समय उनै कुलमान आफूलाई प्राधिकरणको नतृत्वमा कसैले टिपेर नल्याएको भन्दै ब्यंग्य गर्न थालेपछि प्रचण्ड आक्रोशित बनेका छन् ।

‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन् । तिनले त्यसो नगरुन् भन्न चाहान्छु । कुलमानको बुद्धि फिरोस् ।  यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने ।

तत्कालिन ओली सरकारले प्राधिकरणको नेतृत्वबाट हटाएपछि कुलमान माओवादीमा आउने प्रचण्डको आशा थियो । तर, कुलमानले आफ्नै नेतृत्वमा पार्टी खोलेका छन् । भने, अन्तरिम सरकारमा उर्जामन्त्री बनेका छन् । पछिल्लो समय कुलमानले प्रचण्ड लक्षित टिकाटिप्पणी गरिरहेका छन् । कुलमानको गतिविधिले प्रचण्ड आक्रोशित बनेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार