काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउले नयाँ किर्तीमान कायम गरेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर ३८८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यो मूल्य पनि हालसम्मकै उच्च हो ।