काठमाडौं । मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९.९९ अंकमा कायम भएको छ ।
बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रहेको हो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन । कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको कारोबार भएको छ । कुल १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घटेको छ भने ११ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् ।
व्यापार ०.०१ प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीव बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढेका छन् ।
३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै बाराही हाइड्रोपावरको ७.०४ तथा लुम्बिनी विकास बैंकको मूल्य ५.८१ प्रतिशतले बढेको छ । स्वेतगंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस्, राधि विद्युत् रहेका छन् ।