शुक्रवार, आश्विन १६ गते २०८३

केपी ओलीलाई जाँचबुझ आयोगले अर्को हप्ता बयानमा बोलाउने, आयोगको म्याद एक महिना थप

बुधवार , पौष २, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । 

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो ।

जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिएका छन् । उनले जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको बताएका छन् । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री (केपी शर्मा ओली) र पूर्वगृहमन्त्री (रमेश लेखक) लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरेका छन् ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार