काठमाडौँ । नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका नेता गोकुल बास्कोटाको चुरिफुरि छुट्टै थियो । महाधिवेशन स्थलमा जाँदा बास्कोटाले सञ्चारकर्मीलाई समेत होच्चाएर बोल्थे ।
विगतमा ७० करोडको आरोप लागेका बास्कोटा एमालेको सचिवमा आफ्नो जित पक्का भएको दाबी गर्दै घुर्की लगाउथे । तर, गोकुल बास्कोटा सचिवमा पराजित भए । यससँगै उनको घमण्डको पनि अन्त्य भएको एकथरिको बुझाइ छ ।
एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका उनी पराजित भएका हुन् । एमालेमा ९ सचिवका लागि भएको चुनावमा बास्कोटाले १०३० मात्रै ल्याउन सके । उनी १० औँ नम्बरमा परे।
सचिवमा महेश बस्नेत ,पद्माकुमारी अर्याल , छविलाल विश्वकर्मा ,शेरधन राइ, हिक्मतकुमार कार्की ,खगराज अधिकारी ,यामलाल कंडेल ,राजन भट्टराई र भानुभक्त ढकाल बिजयी हुँदा बास्कोटा पराजित भएका हुन् । एमालेमा गोकुलको घमण्डको अन्त्य हुँदा भावुक बनेका प्रदीप ज्ञवालीले भने सर्वाधिक मत पाएका छन् । एमालेको केन्द्रीय सदस्य (खुला तर्फ) ज्ञवाली सर्वाधिक मतसहित विजयी भएका छन् । २२ सयभन्दा बढी प्रतिनिधिले मतदान गरेकोमा उनी १ हजार ९४२ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
ज्ञवालीले केन्द्रीय सदस्यमा पाएको मत सर्वाधिक रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यसअघि पार्टीको उपमहासचिव रहेका उनी महासचिवको आकांक्षी रहेकोमा केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेका थिए । तर, ज्ञवालीले पदाधिकारीमा महासचिव बाहेकको पदमा उम्मेद्वारी नदिने भन्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेद्वारी दिए ।
त्यसबेला उनि निकै भावुक पनि बनेका थिए । अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई नै निरन्तरता दिएपछि ज्ञवाली भृकुटीमण्डपबाट भावुक हुँदै घर फर्किएका थिए । केन्द्रीय सदस्यमा उनै भावुक ज्ञावलीले सर्वाधिक मत पाउदा उनको मन शान्त भएको छ ।