काठमाडौँ । सम्भवत आजको दिन अर्थात २०८२ पुस ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थकले वर्षौसम्म सम्झिरहेछन् । आज रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको छ ।
लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाउँ भनी निवेदन दिएका थिए । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । अदालतको आदेशसँगै रवि लामिछाने शुक्रबार जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए । ढकालका अनुसार पूर्जी लिन लामिछाने शुक्रबार भैरहवा जानेछन् ।
रविलाई जेल मुक्त गर्न आदेश दिएसँगै रास्वपामा खुसीयाली छाएको छ । अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । रवि जेलमा हुँदा वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपालाई चुनावमा धक्का लाग्ने अनुमान पनि थियो । तर, अब जेलबाट बाहिर आएसँगै रविको ब्रान्डमा रास्वपा अगाडि बढ्नेछ । गत निर्वाचनमा पार्टी गठनको ६ महिनामै देशको चौथो शक्ति बनेको रास्वपा फागुन २१ गतेको चुनावमा छलाङ मार्नेमा कुनै दुई मत छैन ।
यता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ठुलै झट्का लागेको छ । ओली लगातार तेस्रो पटक आज एमालेको अध्यक्षमा निर्वाचित भए । एमालेको अध्यक्षमा निर्वाचित भएकै दिन ओलीलाई ठुलै झट्का लाग्यो । किनकी अब रविको टार्गेटमा ओली पर्नेछन् । ओली सरकारले नै जिल्ला जिल्लामा मुद्धा दर्ता गरेर रविलाई जेल कोचेको थियो ।
२०८० फागुन २३ गते रवि उपप्रधान तथा गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरण बाहिर आएको हो । त्यसबेला तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रवि लामिछानेविरुद्ध संसदमा सहकारी ठगीको आरोप लगाएर निरन्तर संसद अवरुद्ध गर्यो ।
कांग्रेसका महामन्त्री गगन थापाले संसदमै रविले ठगेको प्रमाण देखाइदिउँ सम्म भने । तर,अहिलेसम्म गगनले त्यो प्रमाण देखाउन सकेका छैनन् । संसदीय छानबिन समिति नबनेसम्म बजेटनै ल्याउन नदिने वातावरण बनाउन गगन थापा लागे ।
त्यसबेला तत्कालीन सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा एमालेका नेताहरु नै समिति बनाउन नपर्ने बताउँदै रविको बचाउमा थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त संसदमै सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नरहेको भनेका थिए ।
नेपाल प्रहरीसहितका अनुसन्धान गर्ने सबै निकायसँग बुझ्दा त्यस्तो रिर्पोटिङ आएको तत्कालीन प्रधानमन्त्री दाहालले बताएका थिए । त्यति मात्रै होइन, संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको किटान गरेका थिए ।
यसैबीच २०८१ असार १७ गतेको राति एमाले-कांग्रेस मिलेर सत्ता सहकार्य गर्ने सहमति गरेसँगै ओली प्रधानमन्त्री बने । पहिला रविको बचाउ गर्ने ओली प्रधानमन्त्री बनेपछि भने रविको विरुद्धमा उत्रिए । उनले रविलाई सहकारी ठगनै करार गरे । जिल्ला जिल्लामा मुद्धा दर्ता गर्दै लामो समय जेलमा रविलाई राख्ने ओलीले कदम चाले । त्यसैले ओली सरकारले रविमाथि अन्याय गरेको धेरैको बुझाइ छ ।
रविले पनि ओलीले आफू र रास्वपालाई सिध्याउन षडयन्त्र गरेको बताएका छन् । अब रवि जेल बाहिर आएसँगै फागुन २१ गतेको निर्वाचनमा एमाले र ओलीलाई केही झट्का भने पक्कै लाग्ने छ । किनकी चुनावी माहोल रविले आफूतिर ढल्काउन मैदानमा उत्रिने छन् ।