शुक्रवार, आश्विन १६ गते २०८३

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज

शुक्रवार , पौष ४, २०८२

काठमाडौँ । आज (शुक्रबार) नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने छ ।

बैठकमा पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको विहीबार नै शपथ भइसकेको छ। एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार