काठमाडौं । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ताहरू मध्येमा पर्ने विद्यार्थी नेता शरिफ उस्मान हादीको मृत्यु पछि राजधानी ढाकासहित कयौं क्षेत्रमा हिंसा भड्किएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका शरिफको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएपछि राजधानी ढाकाका धानमन्डी, शाहबागसहित कयौं स्थानमा बिहीबार विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटना भएका छन् ।
प्रदर्शनकारीले बिहीबार रातभर ढाकाका कयौं स्थानमा आक्रमण गरेका छन् । बंगलादेशका दुई प्रमुख अखबारका कार्यालयहरू पनि आक्रमणकारीको निसानामा परेका बीबीसीले जनाएको छ ।