काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ उनीसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम बालुवाटार पुगेका थिए ।
शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका हुन्।