आइतवार, श्रावण २४ गते २०८३

नयाँ सरकार बनाउने ओलीको प्रस्तावमा सुदन र मिराजको एकमत, अन्तरिम सरकार संकटमा !

आइतवार , पौष ६, २०८२

काठमाडौँ । जेनजी अभियान्ता सुदन गरुङ र मिराज ढुंगाना पनि नयाँ सरकार बनाउनु पर्ने  पक्षमा उभिएपछि राजनीतिक वृतमा नयाँ ट्वीस्ट आएको छ । सुदन र मिराजले दलसहितको सर्वपक्षिय सरकार गठन हुनुपर्ने माग राखेका छन् । 

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटै बटमलाइन छ-अन्तरिम सरकार असंवैधानिक भएकाले संसद विघटन खारेज गरेर नयाँ सरकार गठन गनुपर्छ । ओलीले नयाँ सरकार गठन गर्नका लागि प्रस्ताव पनि अघि सारेका छन् । जेनजी र राजनीतिक दलसहितको सर्वपक्षीय सरकार गठन हुनुपर्ने ओलीको प्रस्ताव हो ।

ओलीको उक्त प्रस्तावमा जेनजी अभियान्ता पनि  एकमत भएका हुन् ।अन्तरिम सरकार ढाल्न नेकपा एमालेले सर्वोच्च अदालतको ढोका पनि ढक्ढकाएको छ । सर्वोच्चले पनि सरकारकै पक्षमा फैसला गरे देशव्यापी आन्दोलन गर्ने एमालेको तयारी छ । 

यसैबीच जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले संविधान संशोधन गर्ने सर्तमा प्रतिनिधि सभा पुनःस्र्थापना गर्न सकिने बताएका छन् । उनले पहिलोपटक संसद् ब्युँताउन सकिने धारणा राखेका हुन् । ‘संसद् ब्युँताएर, हाम्रो एजेन्डा पास गरेर, चुनावको मिति घोषणा गरेर र त्यो संसद् विघटन गरेर बल्ल नागरिकको सरकार बनाएर हामी जान सक्ने पक्षमा छौँ।’

गुरुङले प्रतिनिधिसभा र राष्ट्रिय सभामा जेनजीहरुलाई ७० प्रतिशत हिस्सा दिनुपर्ने माग पनि गरेका छन् । त्यस्तै मिराजले समुहले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गरेका गरेको छ । मिराज समुहले नयाँ सरकार ढाल्न सोमबारदेखि देशव्यापी आन्दोलन घोषणा पनि गरेको छ । 

एकातर्फ अन्तरिम सरकारको आयु सर्वोच्चको हातमा छ । अर्कातर्फ जेनजी अभियान्ताहरु नै राजनीतिक दलका नेताहरुको पक्षमा उभिएपछि सुशीला कार्की नेतृत्वको सरकार संकटमा परेको देखिन्छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार