शुक्रवार, आश्विन १६ गते २०८३

भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

सोमवार , पौष ७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् रहेको र यसको जिम्मेवारी तत्कालीन सरकारलेनेपालको इतिहासको एउटा दुःखद् घटना, कालो दिन। जहाँ हाम्रा थुप्रै नौजवानहरु गुमायौँ।

'त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ। आक्रोश व्यक्त भयो सडकमा। त्यसको अर्को पाटो पनि छ। हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ,' उनले भने।

 उनले अगाडि भने, 'सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन। ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरुले लिनुपर्छ। म भए लिन्थेँ। जो छ उसले लिनुपर्छ। त्यतिबेलाको प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार