बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

सोमवार , पौष ७, २०८२

काठमाडौं ।  सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य बढेसँगै मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । 

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भइरहेको छ ।  

यस्तै आज चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार