काठमाडौँ । गरिखान देऊका संयोजक मिराज ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीको तैनाथी बढाएको छ।
माइतीघरमा प्रदर्शन गर्न आउने सूचना पाएपछि प्रहरीले माइकिङ गरिरहेको हो। प्रहरीका एक अधिकृतले माइकिङ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिन आउनेहरू गन्तव्यमा लाग्न भनिरहेको छ
‘प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्नेछ। अनुमति नलिकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला,’ ती प्रहरीले माइकिङ गरिरहेका छन्।