शुक्रवार, आश्विन १६ गते २०८३

माइतीघरमा जेनजी प्रतिनिधि मिराज ढुंगाना समूहको प्रदर्शन

सोमवार , पौष ७, २०८२

काठमाडौं । जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन् । उनीहरू १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुरक्षा व्यवस्था कडा पारिए पनि केही जेनजी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ढुंगानाले आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने तथा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायतका माग अघि सार्दै आइतबार आन्दोलन घोषणा गरेका थिए ।

सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार