शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगे

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् ।  भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।

देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो ।

भदौको जेनजी आन्दोलनपछि देउवाओली दोस्रोपटक भेटेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार