शुक्रवार, आश्विन १६ गते २०८३

केपी ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको छु : रवि लामिछाने

सोमवार , पौष ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् ।

ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए । यसै विषयमा आज काठमाडौं जिल्ला अदालतमा तारेख लिएर फर्किएका उनले ओलीमाथि व्यंग्य गरेका हुन् । उनले भने, ‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु ।’

उनले थपे, ‘सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ, जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदैछु हाँजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार