शुक्रवार, आश्विन १६ गते २०८३

जेनजी आन्दोलन : मानवअधिकार आयोगले बालेनसँग बयान लियो

सोमवार , पौष ७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।

भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगको बोलावटमा शाह सोमबार आयोग पुगेका हुन् । आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म भएको सोधपुछमा शाहसँग घटनाका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो । शाहले दिएको जवाफ सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विवरण खुलाएको छैन ।

आयोगले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ । हालसम्म १४६ जनाको बयान लिइसकिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार