शुक्रवार, आश्विन १६ गते २०८३

३ ठूला दलका शीर्ष नेता र राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्री पनि सहभागी हुने

मंगलवार , पौष ८, २०८२

काठमाडौं । ३ ठूला दलका शीर्ष नेतासँग राष्ट्रपतिले गर्न लागेको छलफलमा  प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल हुन लागेको हो । जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी हुँदै छिन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन् ।

यद्यपि, उनले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरुसँग भने संवाद गर्दै आएकी छिन् । कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए । राजनीतिक दलका नेताहरुसँग संवाद नै गर्न नचाहने सरकारले फागुन २१ गते चुनाव गराउन नसक्ने उनीहरुले तर्क गर्दै आएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार