शुक्रवार, आश्विन १६ गते २०८३

पहिलो पटक राष्ट्रपतिसँगै ३ ठूला दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच छलफल

मंगलवार , पौष ८, २०८२

काठमाडौं । जेन–जी आन्दोलन पछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीचको संवादहिनता तोडिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री कार्की र शीर्षनेताहरूबीच छलफल भएको छ । राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल सुरु भएको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन् । यद्यपि, उनले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरूसँग भने संवाद गर्दै आएकी छन् । कार्कीले शीर्ष नेताहरूसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताले आलोचना गर्दै आएका थिए । संवादहिनता बाँकी रहँदा सरकारले फागुन २१ गते गराउने भनेको प्रतिनिधि सभाको चुनाव हुन नसक्दै भन्दै आलोचाना बढेपछि कार्की भेटका लागि तयार भएकी हुन् ।

कार्की र ३ दलका शीर्षनेताबीचको भेटघाटको पहल भने राष्ट्रपति पौडेलले लिएका हुन् । यसअघि राष्ट्रपतिकै रोहवरमा सरकार र राजनीतिक दलबीच संवादको सुरुवात भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार