आइतवार, श्रावण २४ गते २०८३

देशले खोजेको मिलन : रवि-बालेन एक ठाउँमा, यस्तो सहमति जुटेपछि पुराना दल त्रसित !

मंगलवार , पौष ८, २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गतेको सत्ता फेरबदलपछि पहिलो पटक जनेजीहरु खुसी भएका छन् । जेनजी खुसी हुनुको कारण हो–‘रवि–बालेनबीचको भेटवातार्।’  

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एउटै कारमा सवार तस्बिर अहिले सामाजिक सञ्जाल भाइरल भएको छ । उक्त तस्बिरले जेनजीमा उत्साह पनि ल्याएको छ ।  

त्यो एउटा तस्बिर मात्रै होइन- बालेन र रविबीच एकताको सन्देश पनि हो । जेनजी आन्दोलनपछि बैकल्पिक शक्तिहरु तितर बितर हुँदा फागुन २१ गतेको चुनावपछि उनै पुराना दल आउने सम्भावनाले जेनजी चिन्तित थिए । तर, पुस ४ गते जेलबाट छुटे लगत्तै रविले नयाँ आशा दिएका छन् । उनले अब देशको मुहार फेर्न बैकल्पिक शक्ति पूर्व पश्चिम लाग्नु भन्दा पनि एक ठाउँमा आउनु पर्ने भन्दै निकै सक्रियता देखाएका छन् । आइतबार र सोमबार गरि दुई पटक रविले बालेनसँग भेटवार्ता गरे । 

सोमबार मध्यरातिसम्म रास्वपाका नेता असिम शाहको घरमा रवि र बालेनबीच गहन छलफल भयो । उक्त छलफलमा बैकल्पिक शक्तिहरु एक ठाउँमा आउनु पर्ने र  फागुन २१ को निर्वाचनपछि बालेन र रविमध्ये एकलाई प्रधानमन्त्री बनाउनु पर्ने सहमति जुटेको छ । यसका लागि बालेनसमेत संलग्न देश विकास पार्टी र रास्वपा एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा राख्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै दुवै नेताबीच शक्तिको बाँडफाँड र भावी राजनीतिक यात्राका विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ । वार्ता सकिएपछि राति करिब १ बजे बालेन र रवि एउटै गाडीमा निस्किएका थिए। एक ठाउँमा आउन लागेको सन्देश दिन उनि एउटै गाडिमा निस्किएका हुन् । बालेन र रविको भेटले पुराना दलहरु भने त्रसित भएका छन् । 

यदि बालेन र रवि एक भएर फागुन २१ गतेको चुनावमा गए बहुमत आउने सम्भावना पनि बलियो छ । चुनावमा आफूहरुले नै बाजी मार्ने भन्दै ढुक्कका साथ बसेका कांग्रेस, एमाले लगायतका पुराना दल रवि बालेनको भेटवार्ताले चिन्तित बनेका हुन् । रवि -बालेन एक ठाउँमा आए चुनावमा पुरा दललाई धक्का लाग्नेमा कुनै दुई मत छैन । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार