काठमाडौ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पनि रेकर्ड राखेको छ ।
आज तोलामा ९ सयले बढेर सुनको मूल्य हालसम्मै उच्च भएको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैया कायम भएको छ ।
हिजो प्रतितोला २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेको छ । आज ४ हजार ४२० रुपैयाँ कायम भएको छ भने हिजो ४ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको हो ।