काठमाडौं। लमजुङमा आगलागी परि एक दम्पतीको ज्यान गएको छ।
मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्लेका ५६ वर्षीय धर्मराज भण्डारी र उनको ४५ वर्षीय श्रीमती पशुपति भण्डारीको निधन भएको लमजुङ प्रहरीले जनाएको छ। लमजुङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीका अनुसार आज विहान साढे १ बजेतिर एक्कासि आगलागी भएको थियो। उनिहरुको घटनास्थलमै निधन भएको हो।
खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।