बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

बिहिवार , पौष १०, २०८२

काठमाडौं । केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने हालसम्मकै उच्च कायम हुँदै सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ९ सयले वृद्धि भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि उच्च विन्दुबाट झरेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदीको भाउ ४ हजार ४२० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार