शुक्रवार, आश्विन १६ गते २०८३

फागुन २१ को चुनावमा उम्मेदवारी नदिने कांग्रेसका महामन्त्री शर्माको घोषणा

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभामा उम्मेदवारी नदिने घोषणा गरेका छन्।केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने बताएका हुन्।

यो कुरा आफूले गत वर्ष पुस २१ गते मेचीनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै पनि भनेको उनको भनाइ छ।

उनले तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नहुने बताएका छन्। उनले समानुपातिकतर्फ उम्मेदवारबारे भने केही खुलाएका छैनन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार