लस एन्जलस काउन्टीका केही भागमा २७ सेन्टिमिटरसम्म वर्षा भएको छ। जसका कारण त्यहाँका बासिन्दालाई अन्यत्र सारिएको छ, प्रमुख सडक बन्द अवरुद्ध भएका छन्। आँधीबेहरी र वर्षा शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ। आपत्कालीन उद्धार टोली उद्धारमा खटिएका छन्।
बाढीमा परी सवारीसाधनमा फसेका मानिसहरूलाई उद्धार गरिएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बुधबार लस एन्जलस र दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीमा आपत्काल घोषणा गरेका छन्।
बीबीसीका अनुसार राज्यका झन्डै लाख मानिस बिजुलीविहीन भएका छन्।