काठमाडौँ । बंगलादेशमा फेरि एक पटक भीडले एक हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेको छ। घटना बुधबार राति ११:०० बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको हो। प्रहरीले मृतकको पहिचान २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटको रूपमा गरेको छ।
प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भीडले हत्या गरेको बताएको छ। उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए। प्रहरीले अमृतविरुद्ध पाङ्शा प्रहरी चौकीमा दुईवटा मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्याको मुद्दा पनि समावेश छ।
यसअघि डिसेम्बर १८ मा एक हिन्दू युवा दिपु चन्द्र दासलाई ढाका नजिकै भीडले कुटपिट गरी हत्या गरेको थियो र पछि झुण्ड्याएर जलाइदिएको थियो।