निर्वाचनको वातावरणको सन्दर्भमा मन्त्रीले खरेलले तीन ठुला दलका शीर्ष नेतालाई भेट गर्ने क्रममा देउवालाई भेट गरेका हुन् ।सभापति देउवा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।
मन्त्री खरेलको सचिवालयका अनुसार ११ बजे एमाले अध्यक्ष ओली र १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग भेटवार्ता गर्ने तालिका छ । यसअघि सञ्चारमन्त्री खरेल समेत सहभागी सरकारी टोलीले यी तीनवटै दलका पार्टी कार्यालय अनुगमन गरेको थियो ।