शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपालको केन्द्रीय समितिको पाँचौं बैठक धनकुटाको भेडेटारमा बस्ने भएको छ ।

संघको आज केन्द्रीय कार्यालय भृकुटीमण्डप काठमाडौंमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

संघको बैठक पौष १० र ११ गते बस्ने भनेर यसअघि निर्णय गरिएको भए पनि विशेष कारणले सरेको संघका महासचिव शम्भु बरालले बताएकधा छन् । महासचिव बरालले बैठकमा जिल्ला शाखासँगै संघलाई तल्लो तहसम्म पनि बिस्तार गर्दै लाने विषयमा पनि छलफल भएको जनाएका छन् ।

उपमहासचिव विष्णु पौडेलले भने, ‘आज बसेको सचिवालय बैठकले समसामयिक विषयमा छलफल गर्दै केन्द्रीय समितिको बैठकको मिति टुंगो लगाएको हो ।’ संघले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गर्दै आएको पनि जनाएको छ ।

संघले हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलगायत सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार