शुक्रवार, आश्विन १६ गते २०८३

सञ्चारमन्त्री खरेलले ओलीलाई पनि भेटे

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास गुण्डुमा भेटघाट भएको हो । 

चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ ।

यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । खरेलको सचिवालयका अनुसार आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दै छ्न् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार